• २०८१ बैशाख २४ सोमबार

अभिषेकले मेरो छबि खराब गर्दै छन्- गोविन्दा

kharibot

काठमाडौँ । बलिवुड अभिनेता गोविन्दा र उनका भान्जा अभिषेकबीचको विवाद अहिले फेरी चर्चामा रहेको छ ।

गोविन्दाले भान्जा अभिषेकसँगको विवाद बारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

हालै दिएको अन्तर्वार्तामा गोविन्दाले अभिषेकले कसैको इशारामा आफूसँग यस्तो गरेको र यसले आफ्नो छबि पनि खराब भइरहेको बताएका छन् ।

उनले भनेका छन्, 'मलाई थाहा छैन की कसले उनलाई यस्तो गराइरहेको छ । अभिषेक राम्रो केटा हो । उसले यो सब गरेर मजा मात्र लिइरहेको छैन मेरो छबि पनि खराब गरिरहेको छ । कसैले यस्तो चाहेको छकी हाम्रो सम्बन्ध कहिल्लै ठिक नहोस् ।'

गोविन्दा र भान्जा अभिषेकबीच सम्बन्ध बिग्रिएको २०१८ मा कपिल शर्मा शो का बेला बाहिर आएको थियो । गोविन्दा अतिथि बनेर आएको त्यो शो मा कृष्णाले परफरमेन्स दिएका थिएनन् । 

उनले त्यति बेला आफ्ना मामा गोविन्दासँग आफ्नो मतभेद भएको भन्दै उनले आफुले शो गर्न अस्वीकार गरेको बताएका थिए । अभिषेकले आफुहरुको सम्बन्धका कारण शोलाई असर नगरोस भनेर आसु बाहिर भएको प्रतिक्रिया दिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै