• २०८१ बैशाख २० बिहीबार

बलिवुड अभिनेता आमिर खानले छोडे सामाजिक संजाल

kharibot

काठमाडौँ । बलिवुडका सुपर स्टार अभिनेता आमिर खानले सामाजिक संजाल छोडेका छन् ।

आमिर खानले सोमबार सामाजिक संजालमा पोष्ट गर्दै आफ्नो यो पोस्ट अन्तिम भएको जानकारी दिएका हुन् ।

केहि दिन अघि आमिर खानले आफ्नो फिल्म लाल सिंह चडडाको रिलिज सम्म फोनबाट पनि टाढा हुने घोषणा गरेका थिए ।

आइतबार आफ्नो ५६औ जन्मदिन मनाएका आमिरले सामाजिक संजालमा आफ्नो अन्तिम पोष्ट भन्दै लेखेका छन्, 'साथीहरु मेरो जन्मदिनमा देखाएको प्रेमका लागि धेरै धेरै धन्यवाद । मेरो मन भरिएर आयो । दोस्रो खबर यो छ की यो मेरो सामाजिक संजालमा आखिरी पोष्ट हुने छ । यद्यपी म यस माध्यममा त्यति सक्रिय छैन, तर पनि म यसबाट टाढा हुने निर्णय गरेको छ । हामी त्यसरी नै कुराकानी गरिरहने छौं जसरी पहिला गर्ने गर्दथ्यौं । यसका साथै मेरो निर्माण कम्पनि आमिर खान प्रोडक्सनको सामाजिक संजाल एकाउन्टबाट मेरो काम र मेरो बारेमा जानकारी हासिल गर्न भने सक्नुहुने छ ।'

उनले सामाजिक संजाल छोड्नुको कारण बारे स्पष्ट नभने पनि फिल्ममा ध्यान केन्द्रित गर्न सामाजिक संजाल छोडेको बताइएको छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै