काठमाडौँ । श्रीलंकाले सार्बजनिक स्थानमा बुर्का लगाउन र अनुहार ढाक्न प्रतिबन्ध लगाएपछि पाकिस्तानले आपत्ति जनाएको छ ।
श्रीलंकाको क्याबिनेटले मार्च १४ मा सार्बजनिक ठाउमा बुर्का लगाउने र अनुहार छोप्ने गर्न नपाइने सम्बन्धि कानुन पास गर्दै संसदमा पठाएको थियो ।
श्रीलंकाको यस्तो निर्णयप्रति पाकिस्तानले आपत्ति जनाएको छ । श्रीलंकाका लागि पाकिस्तानका उच्च आयुक्त साद खट्ट्कले श्रीलंका सरकारको यस्तो निर्णय प्रति आपत्ति जनाउदै श्रीलंकामा बुर्कामा प्रतिबन्ध लगाउनुले आम मुसलमान र पुरै दुनियाँका मुसलमानको भावनालाई चोट पुर्याएको बताएका छन् ।
यसअघि श्रीलंकामा कोरोना महामारीका कारण मृत्यु भएका मुसलमानको शव गाड्न नदिने निर्णयको पनि आलोचना भएको थियो । पाकिस्तानले सो निर्णयको विरोध र पछि सरकारले कोरोनाबाट मृत्यु भएका मुसलमानको शव गाड्न दिने निर्णय गरेपछि स्वागत समेत गरेको थियो ।