• २०८१ बैशाख २४ सोमबार

बुटवलमा ६ करोडभन्दा बढीको लागतमा ‘जितगढी संग्रहालय’ बन्ने

kharibot

प्रतिनिधि तस्बीर

बुटवल । बुटवल उपमहानगरपालिका-१ को जितगढी किल्ला नजिकै भैरव मन्दिर छेउमा ‘जितगढी संग्रहालय’ बन्ने भएको छ । करिब तीन कट्ठा जग्गामा बन्ने उक्त संग्रहालयको बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् ।

तत्कालीन समयमा अंग्रेज फौजलाई नेपाली सेनाले परास्त गरेको बुटवलको जितगढी नजिकै संग्रहालय बन्ने भएको हो । ६ करोड ८२ लाख ५० हजार रुपैयाँको लागतमा दुई वर्षभित्र संग्रहालय निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उपमहानगर प्रमुख सुवेदीले बताए ।

२०४ वर्षअघि १८७२ साल वैशाख ७ गते नेपाल-अंग्रेज युद्धमा कणर्ेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई हराउँदै युद्ध जितेको थियो । सोही ऐतिहासिक युद्धका बेला प्रयोग भएका हतियार, युद्ध कला, पहिरन, रेशम मार्गको बटौली, नून र घिउको कारोबार हुने बटौली तथा सांस्कृतिक शहर बटौलीको झल्को दिने गरी संग्रहालय बनाउन लागिएको हो ।

संग्रहालय भवन चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा संग्रहालय र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहनेछ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामाग्री र मायाको चिनो राखिएको शोभिनियर सप रहनेछ ।

सम्झौता अनुसार २०७९ साल माघ २५ गते संग्रहालय निर्माण पूरा गर्नुपर्ने भएपनि सो अगावै काम सक्ने निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि प्रभाकर लामिछानेले बताए ।

संग्रहालय निर्माणले बुटवलको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ उपमहानगरपालिकाले जितगढीलाई केन्द्रमा राखेर २ बिगाहभन्दा बढी जग्गालाई पर्यटकीय स्थल बनाउने योजना बनाएको छ ।

गुरुयोजनाअनुसार तत्कालीन मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय स्थल बनाइनेछ । जितगढी किल्लानजिकै ४४ लाख ५२ हजार खर्चेर उजिरसिंहको ९ फिट उचाइको पूणर्कदको शालिक र ४२ फिटको नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै