• २०८१ जेठ ३ बिहीबार

एन्जेलिना जोलीले भनिन्- 'ब्राड पिटले घरेलु हिंसा गरेको मसँग प्रमाण छ'

kharibot

काठमाडौँ । हलीवुडका प्रख्यात कलाकार एन्जेलिना जोली र ब्राड पिट कुनै समयमा विश्वको सबैभन्दा रोमान्टिक जोडी थिए । तर दुवैले केहि वर्ष पहिला सम्बन्ध बिच्छेद गरे । 

सन् २०१६ देखि एन्जेलिना र ब्राड छुट्टै बस्दै आएका छन् तर बच्चाको कस्टडीको विषयमा अहिलेसम्म मुद्धा चलिरहेको छ । 

त्यस्तै एन्जेलिना जोलीको अनुसार, ब्राड पिट राम्रो मान्छे होइन । एन्जेलिनाले भनिन् की उनीसँग ब्राडको विरुद्दमा घरेलु हिंसाको प्रशस्त प्रमाण रहेको छ ।

ब्राड पिटले आफ्नो बच्चासँग राम्रो व्यवहार नगर्ने भएको कारण एन्जेलिनाले उनलाई कस्टडी नदिने बताएकी छिन् । अहिले उनी अदालतमा मुद्दा लड्दै छिन् ।

हलीवुडमा एउटा यस्तो समय थियो जब एन्जेलिना र ब्राड पिटको प्रेमको उदहारण दिने गर्दथे । दुवैको अनस्क्रिन र अफस्क्रिन केमेस्ट्री दर्शकलाई निकै मन परेको थियो ।

एन्जेलिना र ब्राडको प्रेमलाई देखेर मानिसले उक्त जोडीलाई 'ब्रायान्जलिना' नाम दिएको थियो ।

दुवै जनाले नौं वर्ष सम्म प्रेम सम्बन्धमा रहेर सन् २०१४ मा विवाह गरेका थिए । तर विवाह पछि सम्बन्धमा चिसोपन बढ्दै गयो । आफ्नो सम्बन्धको क्रममा उनिहरु, छ बच्चाको आमाबुबा बनिसकेका थिए ।

अहिले सोहि बच्चाको कस्टडीको विषयमा एन्जेलिना र ब्राडबीच अदालतमा मुद्दा चलिरहेको छ ।

एन्जेलिनाले ब्राडको बच्चाप्रतिको व्यवहार ठिक नभएको कारण छुट्टिएको बताएकी छिन् ।

जोली र पिटबाट ३ सन्तानको जन्म भएको थियो भने तीन बच्चालाई धर्मपुत्र  बनाएका थिए ।

एन्जेलिना भन्छिन्, ब्राड पिट उनीसँग घरेलु हिंसा गर्दथे र यसको प्रमाण पनि छ । ब्राड पिटले सन् २००० मा जेनिफर एनिस्टनसंग विवाह गरेका थिए तर सन् २००५ मा अलग भए । त्यसपछि उनको जीवनमा एन्जेलिना आइन् तर यस विवाह पनि सफल हुन सकेन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै