हुम्ला । सामाजिक विकास कार्यालय हुम्ला ले दिएको छाउपडी सम्बन्धी तालीममा छुई भएका महिलालाई घरमै राख्नेमा जोड दिइएको छ ।
वडा प्रतिनिधि, समाजसेवी, धामीझाँक्री र स्थानीय महिला सहभागी आजको एकदिने तालीममा प्रमुख जिल्ला अधिकारी गणेशराज आचार्यले महिला र पुरुषबीच कसैले भेदभाव गर्न नहुने बताए । सामाजिक विकास कार्यालयका प्रमुख रङ्गसामल खत्रीले प्रशिक्षण दिँदै छुई भएका महिलालाई घरमै राख्न सबैलाई आग्रह गरे ।