• २०८१ जेठ ३ बिहीबार

भागरथी हत्या प्रकरण : आरोपित र मृतकको स्वाबको डीएनए मिल्यो

kharibot

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शवबाट निकालिएको 'भजाइन स्वाब' को डीएनए र आरोपित दिनेश भट्टको डीएनए मिलेको छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा गरिएको परीक्षणबाट दुवैजनाको डीएनए मिलेको सुदूरपश्चिम प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै फागनु ५ गते सार्वनजिक गरेको थियो।

अहिले आरोपित भट्ट पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ ।

भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक-चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।

डोटीको सिलगढीमा रहेको सुधारगृहमा रहेका अभियुक्त किशोरले आफैंले हत्या नगरको भन्दै बोली फेरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै