• २०८१ बैशाख १५ शनिबार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा मन्त्रिपरिषद विस्तार

kharibot

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपेका छन् भने दुई राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गरेका छन् ।

मन्त्रीहरुको शपथग्रहण प्रदेश प्रमुखले आजै गराउने तयारी गरिएको छ ।

मुख्यमन्त्री राईले कृषि राज्यमन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ मन्त्री बनाएका छन् भने नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका छन् ।

त्यस्तै एमालेको नेपाल-खनाल पक्ष छोडेर ओली पक्षमा लागेकी प्रदेश सांसद उषाकला राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यस्तै कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढुवा गरिएका र नयाँ मन्त्रीहरुको शपथ आजै दिउँसो गर्ने तयारी प्रदेश प्रमुखको कार्यालय गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै