• २०८१ बैशाख १८ मंगलबार

रजनीकान्तलाई भारतीय सिनेमाको सर्वोच्च पुरस्कार दादा साहेब फाल्के पुरस्कार

kharibot

काठमाडौँ । सुपरस्टार रजनीकान्तले भारतीय सिनेमा क्षेत्रको सर्वोच्च पुरस्कार दादा साहेब फाल्के पुरस्कार पाएका छन् ।

रजनीकान्तलाई ५१औ दादा साहेब फाल्के पुरस्कारले सम्मानित गर्ने घोषणा भारतीय केन्द्रीय सूचना एवं प्रशारण मन्त्री प्रकाश जावडेकरले विहिबार गरेका हुन् ।

कोरोना महामारीका कारण यस २०१९ को राष्ट्रिय फिल्म पुरस्कारको घोषणा पनि केहि दिन अगाडी गरिएको थियो भने सरकारले दिने सिनेमा क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मान दादा साहेब फाल्के पुरस्कार आज घोषणा गरिएको हो ।

२०१८ को दादा साहेब फाल्के पुरस्कार महानायक अमिताभ बच्चनलाई दिइएको थियो भने त्यस अघि विनोद खन्नालाई दिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै