काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्ट पनि कोरोनाको चपेटामा आएकी छन् ।
आलियाले आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । सामाजिक संजालमा एक पोष्ट लेख्दै आलियाले आफ्नो कोरोना पोजेटिभ देखिएको र डाक्टरको सल्लाह अनुसार आफु तुरुन्त होम आइसोलेसनमा बसेको जानकारी गराएकी छन् ।
उनले आफुले स्वास्थ्य प्रोटोकलको पालना गर्दै डाक्टरको सल्लाह लिइरहेको बताएकी छन् ।
पछिल्लो समय बलिवुडका सेलिब्रेटीहरु कोरोनाको चपेटामा पर्ने क्रम बढेको छ । हालै मात्र वरिष्ठ संगीतकार बप्पी लहरी, अभिनेता परेश रावल, अभिनेता तथा निर्देशक सतिश कौशिक, अभिनेता कार्तिक आर्यन, अभिनेता मनोज बाजपेयी, निर्देशक संजय लीला भन्सालीलगायतलाई कोरोना संक्रमण भएको थियो ।
त्यस्तै आलियाका प्रेमी रणवीर कपूरलाई पनि कोरोना संक्रमण भएर अहिले ठिक भइसकेको छ ।
आलिया हाल निर्देशक भन्सालीको फिल्म गंगुबाई काठीयावाडीमा व्यस्त रहेकी छन् ।