• २०८१ बैशाख १५ शनिबार

बामदेव गौतम हामीसँगै आउनुहुन्छ- माधवकुमार नेपाल

kharibot

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू र बामदेव गौतम एकै ठाउँमा उभिने खुलासा गरेका छन् । उनले गौतमसमेत एकै ठाउँमा उभिएपछि आफूहरु सशक्त हुने दाबी गरे ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपाललेले नेता बामदेव गौतम र अहरु एकै ठाउँमा उभिदै गरेको खुलासा गरेका हुन् । 

बामदेव गौतमसमेत आएपछि आफूहरुको पक्षमा ९७ जना केन्द्रीय सदस्य रहने बताए । स्थायी कमिटीमा २२ मध्ये १२ जना आफूहरुको पक्षमा रहेको र पोलिटब्युरोमा ४४ मध्ये २४ जना पक्षमा रहेको दाबी गरे ।

आफूहरु संगठनका हिसाबले कमजोर नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जाल झेल गरेर नवौं महाधिवेशनमा अध्यक्षमा जित हासिल गरेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री पदको फूर्ति नलगाए हुन्छ ।’

ओलीले जिल्ला जिल्लामा आफ़ुपक्षका नेताहरुलाई पदबाट हटाएको आरोप लगाउदै नेता नेपालले ओली अब सिमित गुटमा सिमित भएको बताए । उनले आफुहरुको लडाई ओलीको प्रवृतिविरुद्धको लडाई भएकाले सबै यस लडाइमा सहभागी हुन अपिल गरेका छन् ।

नेता नेपालले ओलीको दलाल पुँजीपतिहरुसँग साठगाँठ गरेको आरोप लगाउदै व्यापारीहरुलाई कर छुट दिएर पार्टी प्रवेश गराएको आरोप समेत लगाए ।

आफुहरु सबै लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउमा लिएर जाने भन्दै आफुहरुमा संक्रिण सोच नभएको बताए ।

यो नेताहरुको पदको तानातान र नेताहरुको व्यक्तित्वको टकराव नभएको भन्दै यो विचारको लडाई भएको नेता नेपालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै