• २०८१ बैशाख १६ आइतबार

संसदले काम गर्न नसके सभामुखको भूमिकामा पनि प्रश्न उठ्छ- लालबाबु पण्डित

kharibot

काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डित संसद असफल भएमा सरकारको मात्र होइन सभामुखको भूमिकामाथि पनि प्रश्न उठ्ने बताएका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद पण्डितले अहिलेको व्यवस्थालाई नै नमान्नेहरुले गलत प्रचार गरिरहेको भन्दै संसदलाई काम गराउनमा सभामुखको भूमिका महत्वपूर्ण हुने भन्दै संसदीय व्यवस्था असफल भएमा सरकारको बारेमा मात्र होइन सभामुखको भूमिकाको बारेमा पनि प्रश्न उठ्ने बताए ।  

सांसद पण्डितले संसदमा रहेका विधेयकलाई अगाडी बढाउन सभामुखले भूमिका खेल्न आग्रह गरेका छन् ।

संसदको चालु विधेयक अधिवेसनले एउटा पनि विधेयक पारित गर्छ या गर्दैन भन्ने आम जनताले हेरिरहेको बताएका छन् ।

उनले संसदमा ६५ भन्दा बढी विधेयक रहेपनि ति विधेयक अगाडी नबढेकोमा आपत्ति जनाएका छन् ।

सांसद पण्डितले संसदमै भएका विधेयक अगाडी नबढाएको तर सरकारले संसदलाई काम नदिएको भन्दै गलत प्रचार गरिएको आरोप लगाए ।

सरकारले काम दिएन भन्नेहरुलाई सांसद पण्डितले संसद सचिवालयको विधेयक शाखाबाट विवरण झिकाउन समेत माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै