• २०८१ बैशाख १९ बुधबार

श्रीलङ्काको सौन्दर्य प्रतियोगिता विवाद: पछिल्लो विजेता क्यारोलिनसहित एक मोडल गिरफ्तार

kharibot

काठमाडौँ । श्रीलङ्कामा सौन्दर्य प्रतियोगिताको क्रममा भएको विवादले ठुलो रुप लिएको छ । केहि दिन अघि सम्पन्न मिसेज श्रीलंकामा पछिल्लो पटकको विजेता क्यारोलिन जुरीले असली विजेतालाई विजेता नमानेपछि भएको विवादमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ ।

मिसेज श्रीलङ्का प्रतियोगितामा पुष्पिका डी सिल्वा विजेता घोषणा भएकी थिइन् ।

श्रीलङ्काको सरकारी टिभी च्यानलमा देखाइएको सो प्रतियोगितामा मञ्चमा भएको पछिल्लो पटकको विजेता क्यारोलिन जुरीले पुष्पिकाको सम्बन्ध विच्छेद भएको कारण बताउँदै उनको शिरबाट ताज खोसेर अर्को प्रतियोगीलाई लगाइदिइन् ।

उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पुष्पिकाको उजुरीमा प्रहरीले क्यारोलिनलाई हिरासतमा लिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

क्यारोलाइनले फर्स्ट रनरअपलाई ताज लगाईदिदै भनेकी थिइन्, “प्रतियोगिताको एउटा नियम छ र सम्बन्ध विच्छेद भएको महिला विजेता हुन सक्दैन, त्यसैले म ताज दोश्रो नम्बरको प्रतियोगीलाई दिदै छु ।”

यस्तो भन्दै उनले डी सिल्वाको शिरबाट ताज उतारिन् र सँगै उभिरहेकी पहिलो रनर अप प्रतियोगीलाई लगाइदिइन् । यस घटनापछि डी सिल्वा रुँदै मञ्चबाट बाहिर गएकी थिइन् ।

उनले आयोजकलाई आफ्नो सम्बन्ध विच्छेद नभएको तर श्रीमानबाट छुट्टिएर बसेको बताएकी छिन् । यस घटनाको दुई दिनपछि आयोजकले उनको ताज फिर्ता गरेको छ र माफी पनि मागेको छ ।

पुष्पिका डी सिल्वाले एक फेसबुक पोस्टमा उक्त घटना पछि आफ्नो शिरमा चोट लागेको र उपचारको लागि अस्पतालमा रहेको बताएकी थिइन् ।

मिसेज श्रीलङ्का वर्ल्डका राष्ट्रिय निर्देशक, चंडीमल जयसिंघेले मंगलवार श्रीमती डी सिल्वालाई ताज फिर्ता दिइसकेको बताए ।

उनले भने, “ क्यारोलिन जुरीले मञ्चमा देखाएको व्यवहार अपमानजनक थियो र हामीले यस मामिलाको जाँच शुरु गरेका छौं ।”

प्रहरीले क्यारोलिनसहित एक अर्की मोडललाई पनि हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

श्रीलङ्काको एउटा प्रमुख सौन्दर्य प्रतियोगिता मानिने मिसेज श्रीलङ्का वर्ल्डमा अतिथिहरूमा श्रीलङ्काका प्रधानमन्त्रीकी श्रीमती पनि सहभागी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै