छोरीलाई चिठी

खरीबोट
ad

प्यारी छोरी, 
शुभाशीर्वाद !

तिमीलाई थाहा छ, मान्यजनले आफूभन्दा सानालाई किन शुभाशीर्वाद दिन्छन् ? किन आफूले जानेको ज्ञान बाँड्छन् ? किनकी मान्यजनले आफ्ना सन्तान, शिक्षार्थी, विद्यार्थी, सम्पर्कमा आएका भावी पुस्तालाई सचेत, सवल र सक्षम बनाउन चाहन्छन् । इतिहासको पाठ पढाउँदै, वर्तमानको बोध गराएर भविष्यको धरोहर निर्माण गर्न चाहन्छन् । यही अभिष्ट म भित्र पनि जागेको छ र म तिमीलाई यो पत्र मार्फत चित्रण गर्न खोजिरहेको छु ।  

प्यारी छोरी, तिमीलाई सुन्दा आश्चर्य लाग्ला, हाम्रो देशमा सुनको पैसा चल्थ्यो, सुनको पैसा त मैले देखिन, तर चाँदीको पैसा भने मैले पनि देखेको छु । तर तिम्रो देशमा सुनको मुद्रा हुँदा, कति देश पत्तै लागेका थिएनन् । कति देश मानव सभ्यताको खोजी गर्दै भौतारिँदै थिए । तर अपसोच, हिजो हामी भन्दा तल्लोस्तरमा रहेका मुलुकहरु आज सम्मृद्धिको उकालो चढिरहँदा आज हाम्रो मुलुक सस्तो कामदार उत्पादन गर्ने मुलुक, भरिया, पाले र कुल्ली जन्माउने मुलुकको रुपमा चित्रण हुँदैछ, वीर गोर्खालीहरुको मुलुक, पृथ्वीनारायण शाह, बहादुर शाह, भक्तिथापा, अमरसिंह थापा, कालु पाँडे र अन्य थुप्रै प्रातस्मरणीय पुर्खाहरुको वीरगाथाले रंगिएको यो पवित्र भूमिको वर्तमान नियतिलाई पूर्णरुपमा विस्थापित गर्दै सम्मृद्धिको यात्रामा मुलुक लैजाने जिम्मा अव तिमीहरुको काँधमा आएको छ । 

नेपाल सरकारको छात्रवृत्तिबाट विदेश पढ्न जाने र उही पलायन हुने ।  नेपाल सरकारको कोटामा प्रशिक्षणको लागि विदेश छिर्ने र उही फरार हुने ।  नेपाल सरकारको नियुक्तीमा जनताले तिरेकोे कर र तिरोको पैसाबाट तलव भत्ता बुझ्ने र विदेशजानको लागि आवश्यक भाषाकोर्ष गर्ने राष्ट्रसेवक कर्मचारीहरु, तिमी जस्तै एसएलसी, एसइइ र दशजोडेदुई गरेका  युवाहरु डि.भि. चिट्ठा भर्ने, विदेश पलायन हुने र देशमा भविष्य नदेख्ने एउटा डरलाग्दो रोगबाट ग्रस्त भएको र मुलुक छोड्दै गरेको देख्दा मेरो मन धुरुधुरु रुन्छ । अरे, के छैन मेरो देशमा ? संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा मेरो देशमा छ । शालिग्राम शिला बगाउँदै हिड्ने काली गण्डकी, हिमालयको मुहान भएका शुद्ध पानीका स्रोत नदीहरु मेरै देशमा छन् । ताल तलैया, प्राकृतिक सुन्दरता, पर्यटकहरुको गन्तव्यस्थल हिमाल पहाड र तराईका हरेक भूभाग सुन्दर मनोहर र चित्ताकर्षक भई स्वागतमा उभिएका छन् ।

यतिधेरै सम्भाव्यता बोकेको, विश्वकै इतिहासमा कुनै विदेशी शासकले पाइला नगाडेको, सार्वभौम, स्वतन्त्र अविभाज्य अटल, वीर र विरङ्गनाहरुको रगत पसिना र शौर्यले सिञ्चित स्वर्गभन्दा पनि प्यारो मेरो देशलाई सम्वृद्धिको यात्रामा अगाडि बढाउने र देशका युवाशक्तिलाई यही देशमा भविष्य छ भन्ने दृढ विश्वास जगाउन नसक्ने, यो देशका हालसम्मका शासकहरुलाई धिक्कार छ ।

भगवान् पशुपतिनाथको कृडास्थली, गौतम बुद्धको पावन जन्मभूमि, जगतजननी सीताको उद्भव भूमि, गार्गी र मैत्रेयी जस्ता विदुषि, जनक, यज्ञवल्क्य र भगवान् व्यासको तपस्थली रहेको मेरो देश धार्मिक र आध्यात्मिक तीर्थस्थल पनि हो । हरेक सय मिटरको यात्रामा भिन्नै जलवायु पाइने, जैविक विविधताको अजस्र स्रोत,  प्रचुर सम्भाव्यता र सम्वृद्धिको निधि, प्रकृतिको सुन्दर उपहार, जलस्रोतको भण्डार अटुट हिमनदीको देश, हरियो वन, नेपालको धन भन्ने उपमा दिइएको हरियो जंगल, जडीवुटीको राजा यार्सागुम्वा र जडिवुटीको रानी अश्वगन्धाको साथै सन्सारमा पाइने ११ सय प्रजातीका जडिवुटीहरुमा करीव ७ सय प्रजातिको जडिवुटीहरु मेरै देशमा पाइन्छ । खानी र खनिजको विषयमा कुरै नगरौँ,  अक्षतछ मेरो भूमि खानी र खनिजको लागि । यतिधेरै सम्भाव्यता बोकेको, विश्वकै इतिहासमा कुनै विदेशी शासकले पाइला नगाडेको, सार्वभौम, स्वतन्त्र अविभाज्य अटल, वीर र विरङ्गनाहरुको रगत पसिना र शौर्यले सिञ्चित स्वर्गभन्दा पनि प्यारो मेरो देशलाई सम्वृद्धिको यात्रामा अगाडि बढाउने र देशका युवाशक्तिलाई यही देशमा भविष्य छ भन्ने दृढ विश्वास जगाउन नसक्ने, यो देशका हालसम्मका शासकहरुलाई धिक्कार छ । देशलाई  कंगाल बनाउने अलिक्षिनीहरु र जे पापीको शब्दमा भन्दा देशको काट्टोखानेहरुलाई पटक पटक धिक्कार छ ।  

यही मुलुक र यही माटो हो, जहाँका शासक महेन्द्र मल्ल, सबै जनताको घरबाट आगो बलेको नदेख्दा अन्न ग्रहण गर्दैनथे । यहीका शासक राम शाह न्याय दिने र दिलाउने कार्यमा इतिहासमा अमर छन् । नियतीको कुचक्र घुमेर हो कि? हामी अकर्मण्यताको दास भएका हौँ, थाहा भएन, परिवर्तन समयको माग हो भन्दै परिवर्तनका लागि भएका आन्दोलनहरुमा हामीले सहभागिता जनायौँ ।  हामीलाई नेतृत्व गर्ने नेपाली अनुहारको विदेशी हुँदोरहेछ । नेपाली अनुहारको विदेशीले वाँडेको सपनालाई स्वदेशी मानेर समाहित हुनु र परिवर्तनको अपेक्षा गर्नु शायद मेरो युगको भूल थियो छोरी । 

अव्यवस्थाको दुहाई दिँदै सुव्यवस्थाको सपना बाँड्नेहरुले यो मुलुकमा पटक पटक आन्दोलनको घोषणा गरेका छन् । ती सपनाहरुको पछि लाग्दै यो देशका हजारौँ हजार युवाहरुले शहादत प्राप्त गरेका छन् । कति अंगभंग भएका छन् र मुलुकको सुव्यवस्थाको लागि भन्दै आफ्नो सर्वस्व सुम्पिएका छन् । तर ती पटक पटक गरिएका आन्दोलनहरुबाट परिवर्तन पनि भएका छन् तर ती परिवर्तन जनताको जीवनस्तर र मुलुकको श्रीवृद्धिको लागि होइन, नेतृत्वमा रहेका मुट्ठीभर नेता, तिनका नातागोता, पार्टीका कार्यकर्ता, आसेपासे, हुक्के, बैठकेहरुका जीवनस्तर परिवर्तनका लागि मात्र भएका छन् । हजारौँको वलिदानबाट प्राप्त उपलब्धी पछि मेरो देशका सडकहरुको नाउँ, विद्यालयहरुका नाउँ र चउर र चौतारोहरुको नाउँ परिवर्तन गरेको देख्दा लाजले पनि आफै लाज मानेको अनुभूति हुन्छ । सामान्य जीवन यापनका लागि गिडगिडाउनेहरु जव परिवर्तनको नेतृत्वमा आउँछन् तिनीहरु अकुत सम्पत्तिका मालिक बन्छन्, सुनिएको छैन, तिनीहरुले आफ्नै बारीमा गाडधन भेटाए, तिनीहरुलाई चिट्ठा पर्यो, वा तिनीहरुको तान्त्रिक साधना सिद्धभयो र लक्ष्मी वर्षिन्, यी कुनै कुरा होइनन् छोरी । उनीहरुले यो देशको सक्दो दोहन गरे, यहाँका नदिनाला विक्री गरे, याहाँका उद्योग धन्दाहरु लिलाम गरे,  यहाँको संस्कृति भाषा, धर्म र पहिचानलाई विक्री गरे, यहाँको अर्थतन्त्रलाई उत्पादनमुखी बन्न रोकेर उपभोगमुखी बनाउने कार्यको मतियार बने, परिणाम स्वरुप मुलुक गम्भीर दरिद्रको कोटीमा दर्ज हुँदा यहाँका शासकहरु सम्भ्रान्तमा रुपान्तरित भए । 

उनीहरुले यो देशको सक्दो दोहन गरे, यहाँका नदिनाला विक्री गरे, याहाँका उद्योग धन्दाहरु लिलाम गरे,  यहाँको संस्कृति भाषा, धर्म र पहिचानलाई विक्री गरे, यहाँको अर्थतन्त्रलाई उत्पादनमुखी बन्न रोकेर उपभोगमुखी बनाउने कार्यको मतियार बने, परिणाम स्वरुप मुलुक गम्भीर दरिद्रको कोटीमा दर्ज हुँदा यहाँका शासकहरु सम्भ्रान्तमा रुपान्तरित भए । 

नीतिगत निर्णयबाट शासकहरुले कसरी देशलाई ववार्द पारिरहेकाछन् भन्ने केही उदाहरण दिन चाहन्छु । छापिएको पुस्तकको लागि भन्सार नलाग्ने तर छापिने कागज, मसी र अन्य प्रिन्टिङ्ग आवश्यकीयमा भन्सार लाग्ने नीतिले नेपालका प्रिटिङ्ग उद्योग समाप्त हुन्छन् । छपाईका काम देशभित्र नगरी अन्यत्र बाहिर गर्नुपर्ने र नेपाली रुपैयाँ विदेशिने र नेपाली कामदारले काम नपाउने हुन्छ ।  हाम्रा पुर्खाले स्थापना गरेका औद्योगिक संरचनाहरु जहाँ उत्पादन हुन्थ्यो, ती औद्योगिक संरचनाहरुलाई परिवर्तनको नाउँमा आएका सरकारहरुले लिलामी गरेका छन र समाप्त गरेका छन् । परिणामतः प्राप्त भएको रोजागारी हटेकोछ ।  त्यही उत्पादन बाहिरबाट ल्याउनु परेको छ । देशमा काम नपाएर विदेशका मरुभूमिमा युवाहरु बेचिन बाध्य छन् । तिनै युवाहरु दिनको सरदर दुईजनाको दरले राता वाकसमा मृतरुपमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा ओरालिन्छन् । गैरी खेत र घैली भैसी बेचेर सुखद भविष्यको आशामा वैदेशिक रोजगारमा गएको आफ्नो आफन्तलाई  मृत रुपमा पाउँदा त्यो परिवारले भोग्ने पिडाको एकरत्ति पनि याहाँका शासकलाई पीडा छैन, अनि कसरी बन्छ मेरो देश ? 

प्यारी छोरी, आज समृद्धिको सिखरमा चढिरहेका कुनै पनि देश अदृश्य शक्ति भगवान् वा कुनै अलमाइटीले बनाइदिएका होइनन् । त्यहीँका वासिन्दाले आफ्ना प्रतिनिधिमार्फत नीति निर्माण गराएर, बनेका नीति निर्माणलाई समयानुकुल परिवर्तन, परिमार्जन गरेर, नियम र कानुनको पालना गरेर, स्वदेशी स्रोत, साधनको उपयोग गरेर उत्पादन वृद्धिगर्दै समृद्धिको सिखरमा पुग्न सफल भएका हुन् । समस्याको पहिचान गरेर समाधानको उपाय पहिल्याएर कार्यान्वयन गरेर अगाडि बढेका हुन् । ती सबै सम्भावनाहरु हामीसँग छन् र तिमीहरु जस्ता युवा पुस्ताको देश निर्माणका लागि संगठन, नेपाली अनुहारका विदेशीजनशक्तिसँग जुझ्न सक्ने सामथ्र्य, देशको इतिहास, भूगोल र गौरवपूर्णगाथाबाट प्रशिक्षित जनशक्ति, सोही जनसक्तिको  अटुट दृढ इच्छा शक्ति र जुझारु नेतृत्वले मात्रै परिवर्तन ल्याउन सक्ने मैले अपेक्षा गरेको छु । तिमीहरुको संगठन देशव्यापी रुपमा फैलियोस् र यो मुलुको काया पलट होस् । आशा, अपेक्षा र शुभाशीर्वाद !  

( लेखक सत्याल अधिवक्ता तथा परामर्शदाता हुन् ; satyaldr@yahoo.com) 

सम्बन्धित समाचार

बिपीको विचारले मात्र काँग्रेसलाई एक बनाउँछः महामन्त्री डा.कोइराला

नवलपरासी। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गरेका छ्न् ।  विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रको आग्रह

काठमाडौँ  /  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन  ।  संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने

अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन

काठमाडौं । अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन गरिएको छ  । आइतबार आरआर क्याम्पसको सभाहलमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको विजयादशमी, शुभदीपावली नेपाल सम्वत् तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मुखपत्र विचारको

मैले पत्रकारिता त्यही भएर छोडेको...

सिन्धुली। खै साच्चै पत्रकार बन्न केके कुरामा स्ट्रगल गर्नु पर्थ्यो त्यो त थाहा भएन तर मैले धेरै जसो कुरामा स्ट्रगल गरे त्यो सबै बकवास भएर गए । मैले १६ वर्षको


z