• २०८१ बैशाख २७ बिहीबार

अस्ट्रेलियाद्वारा “बेल्ट एण्ड रोड” परियोजना रद्द, चीन रुष्ट

kharibot

फाइल तस्बीर

काठमाडौँ । अस्ट्रेलियाले चीन संगको महत्वाकांक्षी “बेल्ट एण्ड रोड” परियोजना संग सम्बन्धित दुई सम्झौता रद्द गरेको छ । बुधवार अस्ट्रेलियाका विदेश मन्त्री मेराइस पेनले चीनसंग चारवटा सम्झौतारद्द गर्ने घोषणा गरेको छ तर त्यसमा बेल्ट एण्ड रोडको सम्झौताको विशेष चर्चा छ ।

यी दुई सम्झौता अस्ट्रेलियाले गरेको नभई अस्ट्रेलियाको प्रान्त भोक्टोरियाले सन् २०१८ र सन् २०१९ मा चीनसंग मिलेर गरेको थियो । अस्ट्रेलियाको संघीय सरकारलाई डिसेम्बरमा यस भिटो पावर दिईएको थियो जसमा कुनै प्रान्त वा विश्वविद्यालयले गरको निर्णय रद्द गर्न सक्ने अधिकार प्रदान गरिएको छ  ।

विदेश मन्त्री पेनले यसको विदेश नीति बताउदै एक बयान जारी गरेका छन् । उनले भने, “म यी चार सम्झौतालाई अस्ट्रेलियाको विदेश नीति वा हाम्रो देशको विदेशी सम्बन्धको प्रतिकुल मान्छु ।”

बिहिवार विदेश मन्त्री पेनले एक पटक पुन निर्णयमा सफाई दिँदै भने, “यस निर्णय विदेशी सम्बन्धमा स्थिरता सुनिश्चित गर्नको लागि लिएको हो, यसको निशाना कुनै देश होइन ।”

पेनले एबीसी रेडियोको एएम कार्यक्रममा भने, विभिन्न प्रान्तमा उनले थुप्रै विदेशी सरकार संग सम्झौताको विषयमा खबर प्राप्त छ र उनि संग भिटो पावर रहेको छ ।

“यस आयोजना विशेष रुपमा अस्ट्रेलियाको राष्ट्रिय हितमा केन्द्रित छैन । यस निर्णय पुरै अस्ट्रेलियामा यो हाम्रो विदेश सम्बन्धको स्थिरता सुनिश्चित गर्नको लागि हो र यसमा विशेषरुपमा कुनै पनि देशलाई लक्षित गरिएको छैन ।” उनले भने, “उनले अस्ट्रेलिया चीन संगको सम्बन्धलाई लिएर प्रतिबद्द छ र विश्वका सबै सरकरलाई हाम्रो निवेदन छ कि उनीहरु हाम्रो निर्णय लिने प्राधिकरणको सम्मान गरुन् ।”

चीन किन रिसायो ?

यस निर्णय बुधवार सार्वजनिक हुनुभन्दा पहिला नै चीनले आफ्नो आपत्ति जनाएको थियो । अस्ट्रेलियले चीन दुतावासले यसलाई चीनविरुद्द अस्ट्रेलियाली पक्षको अनुचित पहल र उत्तेजक कदम बताएको छ ।

चिनियाँ दुतावासले आफ्नो बयानमा भनेको छ, “चीन-अस्ट्रेलियाको सम्बन्धलाई राम्रो बनाउन अस्ट्रेलियाली सरकारले कुनै इमान्दारिता नदेखाएको देखिन्छ ।” चिनियाँ दुतावासले अस्ट्रेलियाको नयाँ कदम द्वीपक्षीय सम्बन्धलाई थप नोक्सानी पुराउने र यो केवल हानी गरेर समाप्त हुने प्रतिक्रिया दिएको छ ।

दुवै देशको सम्बन्ध अहले तनावपूर्ण चलिरहेको छ र यसको शुरुवात सन् २०१८ अस्ट्रेलियाले चिनियाँ प्रविधि कम्पनी ख्वावेलाई ५ जी नेटवर्कको लागि प्रतिबन्ध लगाएपछि भएको थियो । यस्तो प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश थियो र त्यसपछि थुप्रै पश्चिमा मुलुकले पनी चीनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अहिले सम्बन्ध थप तनावपूर्ण भएको छ जब अस्ट्रेलियले विश्व समुदायसंग कोरोना महामारीको लागि चीनको स्वतन्त्र रुपमा जाँच गर्नुपर्ने माग गरेको थियो ।

चीनले त्यसपछि अस्ट्रेलियाको विरुद्दमा कडा कदम उठाउदै वाइन र कोइलाको निर्यात जस्तो थुप्रै आर्थिक प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलियाले आफै किन गरेन सम्झौता?

“वन बेल्ट वन रोड” परियोजनाको लागि चीनले अस्ट्रेलियासंग राष्ट्रिय स्तरमा सम्झौता गर्न चाहेको थियो तर वर्तमान प्रधानमन्त्री स्कट मरिसन र उनि भन्दा पहिलाको प्रधानमन्त्री म्याल्कम टर्नबुलले यसको लागि सहमति दिएका थिएनन् ।

तर भिक्टोरियाको लेबर राज्यका प्रिमियर डेन एंड्र्यूले सन् २०१८ र सन् २०१९ मा चीनको नेशनल डिभेलपमेन्ट एण्ड रिफर्म कमिशनसंग सम्झौता गरेको थियो । भिक्टोरिया प्रान्तका प्रमुखले यसको तर्क दिँदै भने, ‘यसले चिनियाँ नेवश आफ्नो प्रान्तमा आउनेछ ।”

केहि देशलाई डर थियो कि “बेल्ट एण्ड रोड” परियोजना विकासशील देशमा अस्थिर कर्जा चढाउन सक्छ र यसमा प्रशान्त द्वीप समुह क्षेत्र पनि सहभागी रहेका छन् ।”

के हो “वन बेल्ट वन रोड" ?

बेल्ट एण्ड रोड इनिशिएटिभ वा "वन बेल्ट, वन रोड” चीनको महत्वाकांक्षी परियोजना हो । चीनले यस भव्य परियोजनालाई ऐतिहासिक “सिल्क रूट” को आधुनिक अवतार बताउदै आएको छ ।

सिल्क रूट मध्य युगमा यस्तो बाटो थियो जसले चीनलाई युरोप र एशियाको बाँकी देशसंग जोड्ने गर्दथ्यो । यसको माध्यमबाट सम्पूर्ण देशको कारोबार हुने गर्दथ्यो ।

आजको समयमा चीन सोही योजनाले पुरै देशमा सडक, रेलवे लाइन र समुन्द्री बाटोको बनाउने प्रयासमा छ । जसको माध्यमबाट सजिलै व्यापार गर्न सकिनेछ ।

चीनका राष्ट्रपति शी जिङ पिनले यस योजनाबाट पुरै विश्वको सफलता हुने बताएका छन् । तर विशेषज्ञको अनुसार, यस बेल्ट एण्ड रोड इनिशिएटिभले चीन, सुपरपावर बन्ने र आफ्नो सपना मात्र पुरा गर्न चाहेको बताएका छन् ।

यदि चीन आफ्नो योजना अनुसार रेल-रोड बनाउन सफल भयो भने चीनको लागि विश्वसंग व्यापार गर्न निकै सजिलो हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै