काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ ।
७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट मिति पुस ११ गते गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि यही माघ २ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिएको छ ।
एनआइसी एशिया ग्रोथ फण्डले रु १ अर्ब बराबरको रु १० अंकित मूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्री गर्न लागिएको छ । माग भन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पु¥याउन सकिने प्रावधान रहेको बताइएको छ । म्युच्युअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिन एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाएको बताउदै कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्तिका आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् ।
सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधता चाहने अनुभवी लगानीकर्ताका लागि पनि सामुहिक लगानी कोष एक राम्रो विकल्प हुन सक्छ । विशेषज्ञद्वारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामुहिक लगानि कोषको आकर्षण बढ्दो छ ।