• २०८१ बैशाख १६ आइतबार

भारतद्वारा संयुक्त राष्ट्र संघको सहयोग अस्वीकार

kharibot

काठमाडौँ । भारतले संयुक्त राष्ट्र संघबाट कोरोनाविरुद्ध लड्न सहयोग लिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका उपप्रवक्ता प्रहान हकले भारतले संयुक्त राष्ट्रसंघ बाट सहयोग लिन अस्वीकार गरेको समाचार एजेन्सी पिटीआइले उल्लेख गरेको छ । 

फरहानले पिटीआइसँग भनेका छन्, 'हामीले कोरोनासँग सम्बन्धित समानको आवश्यकता भए मद्धतका लागि तयार रहेको बताएकोमा भारतले ति समान आफुहरुसँग भएको भन्दै सहयोग लिन अस्वीकार गरेको छ । तर हाम्रो प्रस्ताव अहिले पनि कायम छ, हामी सहयोगका लागि तयार छौं ।'

भारतले सहयोग अस्वीकार गरेपछि अहिले तत्काल संयुक्त राष्ट्र संघको तर्फबाट भारतमा कुनै सहयोग सामग्री आउने सम्भावना नरहेको उनले बताए । भारतमा अहिले कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएपछि अस्तव्यस्त बनेको बेला संयुक्त राष्ट्र संघको सहयोग अस्वीकार गरेको छ । 

भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्र ३६ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब ३ लाख ८० हजार संक्रमित भएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै