• २०८१ बैशाख २० बिहीबार

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतिलाई कोरोना संक्रमण

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेका छन् ।

पर्यटनमन्त्री रामनवमीका दिन माडीमा हजारौं मानिसको सहभागितामा आयोजित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

उनले आफुलाई संक्रमण भएको जानकारी दिदै भनेका छन्, 'आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।'

यस अघि उर्जामन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापालाई पनि कोरोना संक्रमण भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै