• २०८१ बैशाख २० बिहीबार

चिनियाँ रकेट पृथ्वीको वायुमण्डलतर्फ प्रवेश गर्ने तयारीमा

kharibot

काठमाडौँ । चिनियाँ रकेट लंग मार्च ५ बि पृथ्वीको वायुमण्डलतर्फ प्रवेश गर्ने तयारीमा रहेको छ । अनियन्त्रित भएको यो रकेट पृथ्वीको कुन भागमा खस्छ भन्ने कौतुहलता बढेको थियो ।

चिनियाँ मान्ड स्पेस इन्जिनियरिङले बेजिङको स्थानीय समय अनिसार आइतबार बिहान १० बजेर १२ मिनेटमा पृथ्वीको सतहमा प्रवेश गर्ने बताएको छ ।

सो रकेट भुमध्येरेखाको कुनै विन्दुमा प्रवेश गर्ने चिनिया स्पेस एजेन्सीले जनाएको छ ।

अप्रिल २९ मा चीनको हाइनान् द्विपबाट प्रक्षेपण गरिएको सो रकेटले चीनको इन्टरनेशनल स्पेस स्टेसनको प्रमुख मोड्युल लिएर गएको थियो ।

करिब १८ टन वजनको सो रकेट पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भएर खस्ने सबैभन्दा ठुलो वस्तु भएको वैज्ञानिकहरुले बताएका छन् ।

चीनले ठुलो वस्तु अनियन्त्रित भएर पृथ्वीमा झर्न थालेको भन्दै पश्चिमी मिडियाले बढाएर प्रचार गरेको आरोप लगाएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै