• २०८१ बैशाख २२ शनिबार

टीकापुर अस्पतालमा उपचाररत पाँच कोरोना सङ्क्रमितको मृत्यु

kharibot

धनगढी । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ ।

अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ ।

त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय  र बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ । उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा राईले जानकारी दिए । उनका अनुसार सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिनाका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो ।

उनीहरुमध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको आएको छैन । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले उपचार गर्न कठिनाइ भइरहेको मेसु डा राईले बताए । उनका अनुसार अस्पतालका बरण्डामा राखेर पनि बिरामीको उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै