• २०८१ बैशाख २० बिहीबार

न्युजिल्यान्डका प्रधानमन्त्री  हिपकिन्स कोरोना सङ्क्रमित

kharibot

अकल्याण्ड । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।

उनको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले उहाँमा सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ ।

आफ्नो आम चुनावी अभियानमा दुई सातामात्र बाँकी रहेका बेला प्रधानमन्त्री हिपकिन्सलाई शनिबार रुघाखोकी र फ्लूको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना सङ्क्रमण भएको घोषणा आइतबार गरेका हुन् । चुनावी अभियान र प्रचारप्रसार अब ‘अनलाइन’बाटै सञ्चालन गर्ने प्रधानमन्त्री हिपकिन्सले बताएका छन ।

आफू एकान्तबासमा रहेको र पूर्ण स्वास्थ्य लाभ नगरेसम्म बाहिर ननिस्कने जानकारी शुभेच्छुक एवं समर्थकहरूलाई दिएका छन्  । उनले देश र जनताका खातिर दोब्बर मेहनत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै