• २०८१ बैशाख १५ शनिबार

खोप वितरणमा नेपाललाई प्राथमिकता दिन परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिकालाई आग्रह

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवाद भएको छ । 

परराष्ट्र मन्त्रालयले टेलिफोन संवादको जानकारी दिदै  मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गरेको उल्लेख गरेको छ ।

मन्त्री ज्ञवालीले कम विकसित तथा विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणको क्रममा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन् ।

मन्त्रालयले संवादका बारेमा भनेको छ- ‘अमेरिकाले गरेको सहयोगका कारण कोरोना भाइरसविरुद्धको अभियानलाई बिस्तार गर्न नेपाललाई राम्रो सहयोग पुगेको भन्दै उपविदेशमन्त्री विन्डी मार्फत अमेरिका सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भयो। साथै उहाँले खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्नका लागि पनि आग्रह गर्नु भएको छ।’

अमेरिकी उपविदेश मन्त्री विन्डीले कोरोना भाइरसको महामारी विरुद्धको अभियानसँगै सामाजिक आर्थिक क्षेत्रको सुधारका लागि अमेरिकाले गर्दै आएको सहयोग थप बढाउनेमा वर्तमान प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै उनले टेलिफोन संवादको क्रममा अमेरिकी सहयोगमा जारी तथा सुरु हुने क्रममा रहेका परियोजनाहरुप्रति पनि चासो व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै कोरोना भाइरसको महामारीका कारण असर परेको अर्थतन्त्र सुधारका लागि गर्न सकिने प्रयासबारे पनि दुई मन्त्रीबिच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै