• २०८१ बैशाख १५ शनिबार

सन्दीप लामिछाने सिपिएलमा ट्रीनबागो नाइट राइडरमा अनुबन्ध

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा ट्रीनबागो नाइट राइडरबाट खेल्ने भएका छन् ।

ट्रीनबागोले सन्दीप यस सिजनमा आफ्नो क्लबमा आवद्ध भएको घोषणा गरेको छ ।

ट्रीनबागोको कप्तान केरन पोलार्ड रहेका छन् भने सुनिल नारन, अली खान, कोलिन मुन्रो, सिकन्दर राजा जस्ता खेलाडी यस सिजनमा खेल्दै छन् । 

वेस्टइण्डिज क्रिकेट संघले आयोजना गर्ने सिपिएलको यस सिजन आगामी अगस्त २९ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एन नेभिजमा आयोजना हुदै छ ।

सन्दीपले यस अघि सिपिएलका तीन सिजन खेलिसेका छन् । सन्दीपले २०१८ मा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोटस, २०१९ मा बर्बाड़ोस ट्रीडेन्टस र २०२० मा जमैका तल्लावाहबाट खेलेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै