काठमाडौँ । विहिबार प्रदेश सभामा विश्वासको मत गुमाएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि सरकार बनाउने दाबि गरेका छन् ।
मुख्यमन्त्री गुरुङले जनमोर्चा सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा) को पत्रका आधारमा सरकार बनाउने दाबि गरेका हुन् ।
विहिबार लिएको विश्वासको मतमा गुरुङले केवल २७ मत पाएका थिए ।
गुरुङले सरकारको दाबि गरेसँगै केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको राजनीतिक घटनाक्रम गण्डकी प्रदेशमा पनि दोहोरिने सम्भावना देखिएको छ ।
विपक्षी दलहरुले बहुमतका लागि आवश्यक ३१ सांसदसहित शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार गठनको दाबि गरेका थिए ।
प्रदेश प्रमुख सीता पौडेलले सरकार बनाउने समय दिएको आज अपराहन्न ३ बजे सकिएकाले अहिलेसम्म कुनै निर्णय भने बाहिर आएको छैन ।