• २०८१ बैशाख २८ शुक्रबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

kharibot

पोखरा । नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यहौर उपस्थित भएर नै शुक्रबार हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले  शुक्रबार सरकारको दाबी पेश गरेपछि पोखरामा राजनीतिक सरगर्मी बढेको थियो ।

पुर्ख्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बनेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै