• २०८१ बैशाख १४ शुक्रबार

प्रज्ञाले मनायो २९६औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

kharibot

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले २९६औँ पृथ्वी जयन्ती भव्यताको साथ मनाएको छ । २९६औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय सभागृहमा बिहीबार कार्यक्रम गरी मनाइएको हो । 

कार्यक्रमलाई आधा दर्जन नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै इतिहासविद् मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाह एकको साहसले गर्दा नेपाल राज्य बनेको बताए । उनले दिगो सरकार बनाएर अघि बढे पृथ्वीनारायण शाहप्रतिको सम्मान हुने बताए । त्यस्तै, एमाले नेता वामदेव गौतमले शाहलाई सम्झिने दिन सधैँ रहने र यसको लागि सरकारले सार्वजनिक विदा दिएको बताए ।

उनले राष्ट्र निर्माणको नमूना संविधान रहेको भन्दै बहुलवाद, प्रतिस्पर्धात्मक समाजवाद अनुसार राष्ट्र निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले दुई ढुङ्गाबीच रहेको नेपाल महान विचारक र उत्तारचढावबाट देशले संविधानमार्फत एउटा व्यवस्था दिएकाले उसलाई विरोध नगरी सबैले मन पराउनुपर्नेमा जोड दिए । उनले राष्ट्रनिर्माणको लागि नैतिक शक्ति विकास गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नारायणकाजी श्रेष्ठले पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण मात्र नगरेर देश विकासको लागि आधार खडा गरेको बताए । उनले राजनीतिक संक्रमणकालको अन्त्यसँगै पाँच वर्षमा देशविकास र वैदेशिक रोजगारीको लागि पलायन भएकालाई स्वदेश बोलाई उचित काम दिन सके मात्र शाहप्रति उचित सम्मान हुने बताए । 

त्यस्तै, सीपी मैनालीले विदेशी हावी भएको कारण २०६३ सालयता पृथ्वीजयन्ती मनाउन नपाएको बताए । उनले पृथ्वीनारायण शाह अहिले भएको भए नेपाल बहुजातीय फूलबारी भन्थे भन्दै नेपालमा अझै अभूतपूर्व बाह्य  दबाब रहेको बताए । उनले देश र विदेशीलाई चिन्दै सारा नेपाली एकजुट भएमात्र पृथ्वीनारायण शाहप्रतिको सम्मान हुने बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, पूर्वमुख्यसचिब लीलामणि पौडेल, नेता सीपी मैनालीलगायतको उपस्थिति रहेको थियो । सबै वक्ताहरुले पृथ्वीनारायण शाहले देशको लागि ठूलो योगदान गरेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै