नेपालको इन्टरनेटमा भारतीय एकाधिकार सकियो, आजदेखि चिनियाँ इन्टरनेट ब्यान्डवीथ 

खरीबोट
ad

काठमाडौँ । नेपालको इन्टरनेट बजारमा भारतीय एकाधिकार आजदेखि सकिएको छ । 

सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि व्यवसायिकरुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार सकिएको हो । टेलिकमले चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ ल्याउने भएको छ।

चीनियाँ स्थलमार्गबाट रसुवाहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने छ। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर २१ मा व्यावसायिक सम्झौता भएको थियो ।

संविधान निर्माणपछि ०७२ सालमा भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपालमा इन्टरनेटको लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तराष्ट्रिय स्थल आवद्धतामा जोडिन निर्देशन दिएको थियो । संसद र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान प्रदानका लागि औपचारिक सम्झौता भएको थियो ।

हाल भारतबाटमात्र कनेक्सन ल्याइरहेको टेलिकमले प्रतिस्पर्धी र एउटामात्र देशमाथिको परनिर्भरता अन्त्य गर्नभन्दै कनेक्सन ल्याउने योजना बनाएको थियो। व्यवसायिक सम्झौता हुनुभन्दा पहिले नै परीक्षण भइसकेको स्थलमार्गबाट आजबाट व्यवसायिक रुपमै आउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् ।

टेलिकमले धादिङको गल्छीदेखि रसुवासगढीसम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । सोही मार्गबाट इन्टरनेट व्यान्डवीथ अवदेखि नेपाल आउने छ । व्यवसायिकरुपमै व्यान्डवीथ आजदेखि आउने भएपनि ठुलो भोल्युममा भने नल्याउने टेलिकमका अधिकारीहरुले प्रष्ट पार्दै आएका छन् । आवस्यकताअनुसार ल्याउँदै गर्ने उनीहरुको भनाइ छ।

चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्तामाझ पुग्ने छ। हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवाप्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ।

यसरी चीनबाट इन्टरनेट आएपनि तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउनेछैनन् । उपभोक्तासँग जोडिएका गुणस्तर(स्पीड) र मूल्य जुन कनेक्सन जहाँबाट आएपनि टेलिकममै निर्भर हुने हुँदा त्यसको प्रभाव भने पर्ने छैन ।

चीनबाट आउने भएपनि मुल्यमा भने कुनै कमि नआउने र टेलिकमले हाल खरिद गरिरहेको भन्दा सस्तो मूल्यमा चीनबाट नल्याउने बताइएको छ ।

हाल टेलिकमले अन्य अन्तर्राष्ट्रिय नेटर्क सेवाप्रदायकको भन्दा धेरै महंगोमा भारतबाट खरिद गरिरहेको छ। उसले हाल पनि प्रति एमबी महिनाको ३४ डलरभन्दा माथि मूल्यमा खरिद गरिरहेको छ तर निजीले भने १५ डलर हाराहारीमा नेपालमै उपलब्ध गराइरहेको छन्।

तर चीनसँग जोडिनुमात्र होइन भारतको एकाधिकार पनि तोडिनुले एकातिर बजार विस्तार भएको छ भने अर्कोतिर यसले कनेक्सन एक्स्पोजर बढाएको छ ।

 

सम्बन्धित समाचार

दार्चुलामा वायरलेस इन्टरनेट

दार्चुला । दुहूँ गाउँपलिकामा वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालू आवको बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो । गाउँपालिकाको नियमित कामकाजमा सहज

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

पेरिस। युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।  गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु

चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता

बेईजिङ . चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ ।  चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको

सरकारविरुद्ध प्रदर्शन बढेपछि बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

ढाका। बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।  तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना


z