सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

खरीबोट

फाइल तस्बिर

ad

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताए । 

रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताउनुभयो । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उहाँको भनाइ छ । 
“मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उहाँले भन्नुभयो, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।” 

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उहाँले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए । 

सम्बन्धित समाचार

ओमप्रकाश मिश्र : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म 

काठमाडौँ।  प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सोमबारदेखि आफ्नो कार्यभार सुरु गरेका छन्। संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम सोमबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्दै शपथ लिएका

सर्वोच्चमा मिश्रलाई जोशीको स्वागत (फोटो फिचर)

काठमाडौँ  । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएर मिश्रले शपथ लिएपछि आज साँझ नै पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा

प्रधानन्यायाधीशमा नियुक्त मिश्रले लिए शपथ, सर्वोच्चमा जोशीले गरे स्वागत 

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश ओमप्रकाश

सांसदहरुको प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले के के भने ?

काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका