काठमाडौँ । शहिदस्मारक ए डिभिजन लिग असोज ३ गतेबाट शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबका प्रतिनिधिसँग सोमबार गरेको छलफल पछि ए डिभिजन लिग असोज ३ गतेबाट शुरु गर्ने निर्णय गरेको जनाएको हो ।
त्यस्तै आजको छलफलपछि ए डिभिजनका लागि खेलाडीको दर्ता प्रक्रिया साउन १४ गतेबाट शुरु गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।