इटहरीमा नगदसहित छ जुवाडे पक्राउ

खरीबोट
ad

इटहरी ।  इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ । 

प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो । 

त्यसैगरी इटहरी–४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैचा–३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका–६ का २९ वर्षीय तीर्थ पराजुलीलाई सोही स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी हिरासतमा राखिएको प्रहरीले बताएको छ । 

सम्बन्धित समाचार

जुम्लामा १४ जुवाडे पक्राउ, साढे दुई लाख बरामद

जुम्ला । बसपार्क नजीकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सीताराम

चार लाख नगदसहित सत्र जुवाडे पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ ।  परिसरको टोलीले आज दिउँसो काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा

तेत्तीस लाखसहित छ जुवाडे पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले रु ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली

इटहरीमा नगदसहित छ जुवाडे पक्राउ

इटहरी ।  इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ ।  प्रहरी चौकी तरहराका


z