• २०८१ बैशाख १६ आइतबार

खाजा पसलबाट महिलासहित ६ जना जुवाडे पक्राउ

kharibot

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा खाजाघर संचालिका काभ्रे चौरी देउराली गाँउपालिका-५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने बर्ष ३१ की पार्वती तामाङ, सिन्धुपाल्चोक चौतरा नगरपालिका-१० घर भई हाल सूर्यविनायक वस्ने बर्ष ३५ को माला तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई सूर्यविनायक वस्ने बर्ष २५ को राजु खड्का, काभ्रेपलान्चोक बेथानचोक गाँउपालिका वडा नं. २ घर भई सूर्यविनायक बस्ने बर्ष २८ को दिल तामाङ, दोलखा शैलुङ गाँउपालिका वडा नं. २ घर भई हाल सूर्यविनायक बस्ने बर्ष ३६ को सिटुक तामाङ र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३३ को बिनोद लगेजू  रहेका छन् । 

गोप्य सूचनाको आधारमा तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

खाजाघरमा छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।

उनीहरुबाट नगद रू ३८ हजार, एक बुक तास र खाजाघर संचालिकासहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै