• २०८१ बैशाख १६ आइतबार

विपक्षीलाई कोमल ओलीको कवितात्मक व्यंग्य- बाँदरको जमात र अमृत पानको सपना

kharibot

काठमाडौं । सोमबारको राष्ट्रियसभा बैठकमा सांसद कोमल ओलीले सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै ब्यंयात्मक कविता सुनाएकी छन् ।

विशेष समयमा बोल्दै सांसद ओलीले राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउदै सरकारको बचाऊ समेत गरेकी छन् ।

उनले विपक्षीदलहरुले बद्र चरित्र देखाएको भन्दै भनिन्- 'यो बेलामा राष्ट्रका सबै शक्तिहरू एकठाउँमा उभिनु पर्देन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? योभन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ? न अरूलाई गर्न दिने न आफूले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको सम्मृद्धि कसरी हुन्छ ?'

सांसद ओलीको कविताको शिर्षक: बाँदरको जमात र अमृत पानको सपना

बाँदरहरूको आफ्नो देश हुदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रङ बदल्ने, बाँदरहरूको स्थायी परिवेश हुँदैन ।

कहिले मिलेका छन्, कहिले फुटेका छन्
ईर्ष्याको भट्टीमा, आफैँलाई भुटेका छन्,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेवारिसे बाँदरहरु, विनासका मेलामा जुटेका छन् ।

अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए, सुन्दर घरबास बन्न सक्थे ।

आखिर बाँदर न हुन्, भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।

बाँदरहरू खेती गर्देनन्, बाली विनाश गर्छन् ।
कहिले ढेडुहरूसँग मिल्छन्, कहिले गोईलानहरूसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरू, अमृतपान गर्ने सपना देख्छन् ।

बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै