ब्यालिष्टिक मिसाइल आइरहेको झूटो सन्देशले अमेरिकी राज्य तर्सियो 

खरीबोट

तस्बिर : एजेन्सी

ad

उत्तर अमेरिका । शनिबार बिहानै अमेरिकाको हवाई राज्यमा ब्यालिष्टिक मिसाइल आइरहेको गलत सन्देश राज्यका अधिकारीले दिएपछि अमेरिकी राज्य आतंकित बन्नपुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

हवाई राज्यका एक जना अधिकारीले भूलवश गलत बटन थिच्दा क्षेप्यास्त्र प्रहार भएको र केही बेरमै राज्यमा खस्ने हुँदा सुरक्षित स्थानमा आश्रय लिनु भन्ने चेतावनीसहितको अलार्म मोबाइलमा प्रवाह भएपछि मानिसहरुमा सन्त्रास छाएको थियो । 

पछि यो झूटो थाहा भएपछि मात्रैै मानिसहरुले लामो श्वास फेरेका थिए । हवाई राज्यका गभर्नर डेभिड इगेले यसका लागि माफी मागेका थिए । उनका अनुसार एक जना अधिकारीले मिसाइल अलार्म (चेतावनी)को बटन थिच्दा सम्पूर्ण राज्य ने आतंकित बनेको थियो ।

हवाई अमेरिकाको सैन्य आधारशिविर रहेको राज्य हो, जुन उत्तर कोरियाको पहिलो निशाना बन्न पनि सक्छ । सोही कारण हवाईमा मिसाइल प्रतिरोधप्रणाली जडान गरिनुका साथै अमेरिकाले विभिन्न प्रतिरोधात्मक परीक्षणहरुसमेत यही राज्यबाट गर्दै आएको छ । 

अमेरिकी सरकारले यसको पूर्ण जाँच गर्ने भएको छ । गलत बटन थिचिएसँगै मानिसहरुको मोबाइलमा सन्देश गएको थियो भने टेलिभिजन र रेडियो स्टेसनहरुले समेत मिसाइल आइरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन लगाएका थिए ।

सन्देश आएको २० मिनेटसम्म साँच्चै क्षेप्यास्त्र प्रहार गरिएको भए मानिसहरु लुक्ने समय थियो । सोही कारण मानिसहरु अतालिन पुगेका थिए । 

पछिल्ला दिनमा उत्तर कोरियाको मिसाइल परीक्षणले अमेरिकाको गुआम, हवाई जस्ता टापु राज्यलाई आतंकित बनाएको छ । 

सम्बन्धित समाचार

हुवावेविरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव

सिड्नी। एएफपी संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी (पिएनजी)मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका छन् ।

प्राधिकरणका सीईओ ज्ञवाली पनि आज राति अमेरिका जाने 

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै उनी अमेरिका जान लागेको प्राधिकरणले जनाएको

उत्तरको सन्देश लिएर दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन

अमेरिका-चीनबीच तनाव बढ्ने संकेत, अमेरिकी राजदुतलाई बेजिङमा सोधपुछ 

बेइजिङ, चीन। चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ ।  रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे


z