काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै २८ बर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो ।
अर्जेन्टिनाको जितमा खेलको २२औ मिनेटमा एन्जल डी मारियाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो ।
योजितपछि अर्जेंतियनले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जित्दै अहिलेसम्म धेरै पटक कोपाको उपाधि जित्ने उरुग्वेको बराबरी गरेको छ ।
आयोजक समेत रहेको डिफेन्डिङ च्याम्पियन ब्राजिल भने उपविजेता बनेको छ ।