• २०८१ बैशाख १५ शनिबार

मेसीले जिते कोपा अमेरिकाको बेस्ट खेलाडीको उपाधि

kharibot

काठमाडौँ । लियोनेल मेसी यस कोपा अमेरिकाको बेस्ट खेलाडी बनेका छन् ।

ब्राजिललाई फाइनलमा १-० ले पराजित गरेर २८ बर्षपछि कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाका लागि प्रतियोगितामा ४  गोल र ५ गोल असिस्ट गरेका मेसी उत्कृष्ट खेलाडी बनेका हुन् ।

मेसीले फाइनलमा गोल नगरेपनि अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन ठुलो योगदान दिएका थिए ।

मेसीले कोपाका ७ खेलमा ४ गोल गरेका हुन् । मेसीले बोलिभियाविरुद्ध २, चिली तथा इक्वेडरविरुद्ध एक-एक गोल गरेका थिए ।

मेसीले आफ्नो क्यारियरमा पहिलो अर्जेन्टिनाका लागि पहिलो उपाधि जितेका हुन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै