• २०८१ बैशाख २५ मंगलबार

निवर्तमान मन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको आदेश

kharibot

काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान गर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको दरखास्त दर्ता गरी प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ- 'निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु ।

साथै सर्वोच्चले आदेशमा सरकारका नाममा ६ बुँदे निर्देशन दिएको छ । रुपाका तर्फबाट बहस गर्ने कानून व्यवसायीले उनको जिउज्यानको सुरक्षामा जोखिम बढेको भनि इजलासलाई अनुरोध गरेको अवस्थामा विषयवस्तुको संवेदनशीलता र गम्भीरतालाई विचार गरी सुरक्षा व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै