• २०८१ बैशाख २२ शनिबार

कांग्रेसका नेता थापाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाली कांग्रेस गुल्मीका नेता एवं गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष ७४ वर्षीय अशोककुमार थापाको असार ३० गते ललितपुरमा उपचारका क्रममा निधन भएकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

शहीद गङ्गाबहादुर थापाका माइला छोरा स्व अशोककुमार थापा विगत केही समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए । नेपाली कांग्रेसद्वारा सञ्चालित सशस्त्र सङ्घर्षमा समेत उनको सक्रिय सहभागिता रहेको थियो । स्व थापा गुल्मी जिल्ला विकास समितिको इलाका सदस्य हुँदै विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । स्व थापाका श्रीमती र चार छोरा छन् ।

“कांग्रेसका अग्रज व्यक्तित्व एवं गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु, स्व थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो, उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ”, प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै