काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मतको मत बिभाजन शुरु भएपछि संसद बैठकमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलमा उठेका प्रश्नको जवाफ दिएर सकेपछि ओली संसद बैठकमा छिरेका हुन् । बैठकमा प्रवेश गर्दै ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएर आफ्नो सिटमा बसेका थिए ।
उनी संसद भवनमा यस अघि नै आइपुगेपनि बैठक हलमा भने अनुपस्थित रहेका थिए ।
बैठकमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीले बोल्दा विपक्षी दलको नेता उपस्थित हुनुपर्ने संसदीय परम्परालाई ओलीले तोडेको गुनासो गरेका थिए ।
देउवाले ओलीले सम्बोधन गरेका हरेक बैठकमा आफु उपस्थित भएको बताउदै यस अघि आफु प्रधानमन्त्री हुदा मनमोहन अधिकारी समेत सधै उपस्थित हुने गरेको प्रसंग उल्लेख गरेका थिए ।