• २०८१ बैशाख १५ शनिबार

अभिनेत्री शिल्पा शेट्टीका पति पोर्न फिल्म बनाएको आरोपमा गिरफ्तार

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति एवं चर्चित व्यापारी राज कुन्द्रा गिरफ्तार भएका छन् । मुम्बई क्राइम ब्रान्चले सोमबार राति पोर्न फिल्म बनाएको आरोपमा गिरफ्तार गरेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

प्रहरीले कुन्द्रासहित ११ जनालाई पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीले कुन्द्राले पोर्न फिल्म बनाएर ओटीटी प्लेटफर्ममा राख्ने गरेको प्रमाण सहित गिरफ्तार गरेको जनाएको छ ।

क्राइम ब्रान्चले कुन्द्राले गत फेब्रुअरीमै यस सम्बन्धि मुद्धा दायर गरेको बताएको छ ।

मिडिया रिपोर्टका अनुसार कुन्द्राले पोर्न फिल्म उद्योगमा ८ देखि १० करोड लगानी गरेका थिए । उनले बेलायतमा केनरिन नामको कम्पनि दर्ता गरेको र भारतमा फिल्म शुटिंग गरेर बेलायतबाट ओटीटी प्लेटफर्ममा अपलोड गर्ने गरेको दाबि प्रहरीले गरेको छ । उनले भारतको साइबर कानुनबाट बच्न बेलायतमा कम्पनि दर्ता गरेर भारतबाट काम गर्ने गरेको आरोप लगाएको छ ।

प्रहरीले गत फेब्रुअरीमा अभिनेत्री गहना वशिष्ठ सहित ६ जनालाई हिरासतमा लिएको थियो । जसबाट कुन्द्राको पोर्न फिल्मको धन्दाको रहस्य खुलेको बताइएको छ ।

कुन्द्रा यस अघि पनि पटक पटक गैरकानुनी कामका कारण विवादमा आएका व्यक्ति हुन् । उनलाई यस अघि क्रिकेटमा फिक्सिंगको आरोप समेत लागेको थियो । उनलाई स्पट फिक्सिंग प्रकरणमा दोषी करार गर्दै भारतको सर्वोच्च अदालतले आजीवन मैदानमा गएर क्रिकेट हेर्न प्रतिबन्ध लगाएको छ ।

कुन्द्रा बेलायतमा सफल व्यापारी मानिए पनि भारतमा उनको परिचय अभिनेत्री शिल्प शेट्टीको पतिको रुपमा रहेको छ ।  एक मिडिया रिपोर्टका अनुसार उनको हाल करिब ३ हजार करोडको सम्पत्ति रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै