• २०८१ बैशाख २२ शनिबार

शहरी विकास मन्त्रालयमा कार्य सम्पादन सम्झौता सम्पन्न

kharibot

काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिँह र मन्त्रालय तथा मन्त्रालयसम्बद्ध निकायका पदाधिकारीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा सचिव र काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त, मन्त्रालयका सहसचिव, विभागका महानिर्देशक, बागमती सुधार आयोजनाका प्रमुख, नगर विकास कोषका कार्यकारी निर्देशक र अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशकबीच कार्य सम्पादन सम्झौता भएको हो ।

सम्झौतामा वार्षिक कार्यक्रम अनुसारका लक्ष्य र क्रियाकलाप, समय सीमा, श्रोत, सहयोगी व्यक्ति तथा निकाय, अनुगमन संयन्त्र तथा अनुगमनका वस्तुगत सूचक र क्रियाकलापका आधारमा मूल्यांकनको अंकभार समेत निर्धारण गरिएको छ । 

कार्यक्रममा सचिव डा. सिँहले यसबाट प्रशासनलाई नतिजामूखी बनाउन सहयोग पुग्ने बताए । उनले विकासको लक्ष्य प्राप्ति र सेवा प्रवाहमा सुधारका साथै सार्वजनिक पदाधिकारीहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार बनाउन कार्य सम्पादन सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो सम्झौता कार्यसम्पादन मूल्यांकन र रिवार्ड सिस्टमको अभिन्न अंगको रूपमा रहनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै