• २०८१ बैशाख १८ मंगलबार

शहरी विकास मन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

kharibot

काठमाडौँ  । निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले मन्त्री चौधरीलाई मिडियामा चामल बाडेको समाचार आएकोप्रति ध्यानाकर्षण भएको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले मन्त्री चौधरीलाई २४ घण्टा भित्र आफ्नो स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।   

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा 'कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने' भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ? भन्दै प्रश्न सोधेको छ ।

साथै आयोगले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गरे नगरेको, आयोगको सहमति बेगर चामल वितरण कार्यक्रम गरेको भए तपाईंको उपस्थितिमा गरेको उक्त कार्यक्रम नेपाल सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश भएको छ वा छैन भन्ने प्रश्न सोधेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै