• २०८१ बैशाख १५ शनिबार

गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्य गौचनले लिए शपथ

kharibot

तस्वीर : रासस

गण्डकी । गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त भएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् । समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।

गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो । गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भईसकेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै