• २०८१ बैशाख १७ सोमबार

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

kharibot

काठमाडौं । लोकसेवा आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन बुझाएको छ । 

संविधानमा ब्यवस्था भए अनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्दै आएको छ । 

आयोगबाट प्रस्तुत भएको यो ६३औं वार्षिक प्रतिवेदन हो । 

आयोगका तर्फवाट प्रतिवेदन पेश गर्दै अध्यक्ष माधव प्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका वारेमा विवरण प्रस्तुत गरेका थिए । 

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेको लोक सेवा आयोगले गरेका कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी वनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गरेकी थिइन् । 

पेश भएको प्रतिवेदनमा दिईएका सुझावलाई समयमा नै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत उनले बताएकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय