विप्लव र सिंहसँग एकताका लागि वैद्यको आव्हान, वार्ता टोली बनाउने तयारी

खरीबोट
ad

काठमाडौँ ।  नेकपा (क्रान्तिकारी माओवादी)ले विभिन्न समूहमा विभक्त माओवादी विचारका पार्टीहरुसँग एकताका लागि आधार तयार गर्न वार्ता टोली बनाउने निर्णय गरेको छ । 

सो पार्टीको सोमबार र मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टी एकता र कार्यगत एकतालाई अघि बढाउने निर्णय गरेको महासचिव मोहन वैद्यले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यसबारे गम्भीर हुँदै क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ ।’ 

ती पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा संघर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय भएको पनि महासचिव वैद्यले जानकारी दिनुभएको छ । 

हालै वीरगञ्ज महानगरपालिकाको छपकैयामा ५०औँ बिघा जमिन मिचेर सीमास्तम्भ सारिएकोप्रति माओवादीले भत्र्सना गर्दै यसबारे तुरुन्तै कदम चाल्न सरकारसित माग पनि गरेको छ । 

सम्बन्धित समाचार

मदन पुरस्कारका लागि आठ पुस्तक छनोट, मोहन वैद्यको ‘हिमाली दर्शन’ पनि सुचिमा

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ ।  गुठीका अध्यक्ष कुन्द दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

रत्ननगर ।  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ ।  मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै

आफ्ना कार्यकर्तालाई तत्काल रिहाइ गर्न सरकारसँग नेकपाको माग

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी ले नेपाल कम्युनिष्ट पार्टीको युवा मोर्चाले आइतबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भनी विरोध गरेको छ ।  क्रान्तिकारी माओवादीका महासचिव मोहन

माओवादी केन्द्रसँग मोहन वैद्य नेतृत्वको माओवादीले कहिल्यै एकता नगर्ने

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन् । पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप