• २०८१ बैशाख २२ शनिबार

जेरार्ड पिके- बार्सिलोनाको संकटमोचक !

kharibot

काठमाडौँ । जेरार्ड पिकेले संकटको बेला बार्सिलोनालाई गरेको सहयोग गरेको भन्दै उनको प्रशंसा गरिएको छ ।

पिकेले बार्सिलोनाले किनेका खेलाडी दर्ता समेत गर्न नसक्ने अवस्थामा आफ्नो पारिश्रमिक घटाउन तयार भएर ठुलो सहयोग गरेको भन्दै उनलाई बार्सिलोनाको संकटमोचकको रुपमा हेरिएको छ ।

पिकेले आफ्नो पारिश्रमिक घटाएपछि बार्सिलोनाले मेम्फिस डिपे र एरिक ग्रासियालाई ला लिगामा दर्ता गरेको थियो । ला लिगाको फ़ाइनन्सियल फेयर प्लेको नियमका कारण आफ्ना स्टार खेलाडी लियोनेल मेसीलाई ५० प्रतिशत पारिश्रमिक घटाएर पनि साइन गर्न नसकेको बार्सिलोना पछिल्ल्ला बर्षमा ठुलो आर्थिक घाटा बेहोर्दै आएको छ ।

यस अवस्थामा बार्सिलोनाको कप्तान समुहमा समेत रहेका पिके अगाडी आएर  क्लबको संकटको अवस्थामा सहयोग गरेका छन् । यति मात्र होइन पिकेले ला लिगाको यस सिजनको पहिलो खेलमा रियल सोसियडाडविरुद्ध गोल समेत गरेका थिए । खेलपछि पिकेले आफु बार्सिलोनामै जन्मिएको, हुर्किएको र अहिलेसम्म आफ्नो जिवन यहि बिताएकोले आफ्नो मैदान बाहिर र भित्र भूमिका खेल्नु अत्याश्वक रहेको बताएका छन् ।

पिकेले आफ्नो पारिश्रमिक घटाएपछि अब कप्तान समुहमा रहेका सारियो बुसक्वेट्स, सेर्गी रोबेर्टो र जोर्डी अल्बाले पनि पारिश्रमिक घटाएर बाँकी खेलाडीलाई पनि ला लिगामा दर्ता गर्न सहयोग गर्ने बताएका छन् ।

पिकेको यो भूमिकाका लागि उनलाई भविष्यमा बार्सिलोनाको अध्यक्ष हुनसक्ने स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । पिकेको परिवार पनि बार्सिलोनासँग जोडिएको छ । पिकेका हजुरबुबा बार्सिलोनाको बोर्डमा २३ बर्षसम्म निर्देशक रहेका थिए । यसै आधारमा पनि पिकेको बार्सिलोनामा अब भूमिका बढ्ने र त्यो खेलाडीको भूमिका भन्दा बढी हुने टिप्पणी गर्न शुरु गरिएको छ ।

अहिले अझ क्लबको इतिहासकै सबैभन्दा महत्वपूर्ण खेलाडी लियोनेल मेसी क्लबबाट बाहिरिने अवस्था आएको बेला मैदान र मैदान बाहिर पिकेको जस्तो भूमिकाको खोइ भइरहेको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै