• २०८१ बैशाख २३ आइतबार

रेल्वे कम्पनीको महाप्रबन्धकमा नेता नेपाल निकट निरन्जन झा नियुक्त

kharibot

काठमाडौँ । सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रस्तावित पार्टी नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन् ।

सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको हो । भट्टराईलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठमा रेल्वेको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै