• २०८१ बैशाख २० बिहीबार

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या १३ अमेरिकीसहित ७० नाघ्यो

kharibot

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विमानस्थलको गेट बाहिर एक होटल नजिक भएको विस्फोटमा मृत्यु हुनेको संख्या ७० नाघेको छ ।

अमेरिकी रक्षा मन्त्रालय र अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकी सेवाका १३ जना र ६० अफगानीको विस्फोटमा मृत्यु भएको छ । 

२० मिनेटको अन्तरमा दुई विष्फोट भएको मिडिया रिपोर्टमा बताइएको छ । दुई आत्मघाती अज्ञात व्यक्तिले पहिला गोली चलाएर आफैलाई विस्फोट गरेको बताइएको छ ।  

मृत्यु हुनेमा महिला र बच्चासमेत रहेका छन् । साथै कैयौं घाइते भएका छन् । घाइते हुनेमा तालिबानी लडाकु पनि रहेको बताइएको छ । 

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले विस्फोटमा १४० भन्दा बढी घाइते भएको जनाएको छ । जसमा ८ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिका, ब्रिटेन र अस्ट्रेलियाले यस अघि नै यस किसिमको विस्फोटको आशंका गरेर आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका थिए ।

घटना आइएसआइएसका मिलिटेन्टले गराएको बताइएको छ तर यसको औपचारिक पुष्टि भने भएको छैन ।

काबुल विस्फोटपछि बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले हमला गर्नेलाई जसरी पनि कारवाही गर्ने चेतावनी दिएका छन् ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै