• २०८१ बैशाख १५ शनिबार

विश्व कप फुटबल छनौट: हंगेरीमाथि इङल्याण्डको फराकिलो जित

kharibot

काठमाडौँ । विश्व कप फुटबल छनौट अन्तर्गत इङल्याण्डले हंगेरीमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन खेलमा इङल्याण्डले हंगेरीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इङल्याण्डको जितमा रहिम स्टरलिङ, ह्यारी केन, ह्यारी मागुइरे र डेकलान राइसले एक एक गोल गरेका थिए ।

यो जितपछि युरोपको समुह आइमा इङल्याण्डले अहिलेसम्म खेलेका चारै खेलमा जित हासिल गर्दै १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै हंगेरीको भने ४ खेलमा २ जित एक हार र एक बराबरीसहित ७ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

अब इङल्याण्डले अर्को खेल अन्डोराविरुद्ध सेप्टेम्बर ५ मा खेल्ने छ ।           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै