• २०८१ बैशाख १५ शनिबार

साल्भाडोरमा बिटक्वाइनलाई कानुनी मान्यतापछि प्रयोगमा

kharibot

काठमाडौँ । सेन्ट्रल अमेरिकी देश एल साल्भाडोरले बिटक्वाइनलाई कानुनी मान्यता दिएको छ । विश्वमा क्रिप्टो करेन्सीको लोप्रियता बढिरहेका बेला साल्भाडोरले बिटक्वाइनलाई कानुनी मान्यता दिएको हो ।

साल्भाडोरमा मंगलबारदेखि बिटक्वाइनमा व्यापार गर्न पाइने भएको छ । सरकारले नयाँ डिजिटल वालेट बनाएर हरेक नागरिकलाई ३० डलर बराबरको बिटक्वाइन उपलब्ध गराएको छ । करिब ६ मिलियन जनसंख्या रहेको साल्भाडोरमा अहिले नागरिकहरु ३० डलर बराबरको बिटक्वाइन हासिल गर्न सरकारी वालेट डाउनलोड गरिरहेका छन् ।

पछिल्लो बर्षदेखि बिटक्वाइनको मुल्य अस्थीर रहदै आएको छ । उच्च दरमा घट्ने र बढ्ने हुदा यसका प्रयोगकर्तामा एक किसिमको अविश्वास रहेको छ । २०२० को सेप्टेम्बरमा एक बिटक्वाइनको मुल्य १० हजार डलर रहेकोमा २०२१ को अप्रिलमा ६३ हजार डलरसम्म पुगेको थियो । त्यसपछि फेरी जुलाईमा घटेर ३० हजार डलर पुगेको थियो । अहिले फेरी बढेर एक बिटक्वाइनको मुल्य ५० हजार नाघेको छ ।

अहिले बढ्नुमा साल्भाडोरको समाचार प्रमुख कारण हुनसक्ने विश्लेषकहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ । साल्भाडोरका एक ट्याक्सी ड्राइभरले बिबिसीसँग कुरा गर्दै आफुले ट्याक्सीमा बिटक्वाइन स्वीकार गरिरहेको बताउदै आफु यो अस्थीर हुने हुनाले चिन्तित भएको बताएका छन् । उनका अनुसार उनका १० प्रतिशत ग्राहकले बिटक्वाइनमा भुक्तानी गरिरहेको बताए । उनले आफुले त्यो बिटक्वाइन बचतको रुपमा राखिराखेको बताएका छन् ।

क्रिप्टो करेन्सीको लोकप्रियता बढिरहेपनि यसलाई सर्वस्वीकार्य बनाउने विषयमा भने अनेक विवाद रहेका छन् ।

साल्भाडोरमा अहिले २०० भन्दा बढी नयाँ डलरबाट बिटक्वाइनमा कन्भर्ट गर्ने मेशिन जडान गरिएको बताइएको छ । यसका साथै साल्भाडोरमा बिटक्वाइन प्रयोगको विरोधमा प्रदर्शन समेत भएका छन् ।

साल्भाडोरले कानुन नै बनाएर बिटक्वाइनलाई आधिकारिक रुपमा प्रयोगमा ल्याएपछि अहिले विश्व मै क्रिप्टो करेन्सीको बारेमा चासो बढेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै