• २०८१ बैशाख २१ शुक्रबार

चिनियाँ अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता

kharibot

बेइजिङ । सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् । 

नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १: ३० बजे अवतरण गरेको छ । 

चिनियाँ राष्ट्रिय टेलीभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै